पोखरा महानगरमा एमालेको रवैया, आफ्नो वर्चस्व कायम राख्न आफ्नै निर्णयको विरुद्ध
पोखरा, १७ कात्तिक
पोखरा महानगरपालिकाको ३७ औँ कार्यपालिका बैठकले गरेको निर्णयका सम्बन्धमा असन्तुष्टि जनाएको एमालेले अनर्गल प्रचार गरी भ्रम सृजना गर्न खोजेको छ । लामो समयदेखि करारमा रहेका कर्मचारीहरूलाई बिदा गर्ने गरी बोर्ड बैठकले गरेको कानुन सम्मत निर्णय आफ्नो राजनीतिक अभीष्ट पूरा नहुने देखिएपछि एमाले भ्रामक प्रचारमा उत्रिएको हो ।
…