बागलुङमा जबर्जस्ती करणीबाट १४ वर्षकी नाबालिका गर्भवती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । जिल्ला प्रहरी कार्यालय बागलुङले १४ वर्षकी नाबालिकालाई जवर्जस्ती करणी गरी फरार भएका एक युवकलाई आठ महिना पछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा निसीखोला गाउँपालिका वडा नं. १ झिवाखोला निवासी ३० वर्षीय विजय मल्ल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्स्पेक्टर) दीपकबाबु केसीका अनुसार मल्ललाई चैत १३ गते साँझ रुपन्देहीको सिद्धार्थ नगरपालिका वडा नं. ८ बाट पक्राउ गरिएको हो ।

इन्स्पेक्टर केसीका अनुसार मल्लले नाबालिकालाई गत साउन ८ गते जबर्जस्ती करणी गरेका थिए । करणीबाट बालिका गर्भवती भएको बताइएको छ ।

पक्राउ परेका मल्लबिरुद्ध जबर्जस्ती करणी गर्न नहुने कसूरमा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको इन्स्पेक्टर केसीले जानकारी दिए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।