गएराति आएको अविरल बर्षादले पोखरा २० भलाम र पोखरा १३ काहुँमा दुई घरका केही कोठाहरु बगाएको छ । शनिबार बेलुकाबाटै पानी परेका कारण पूर्वसतर्कता अपनाएका कारण मानविय क्षति हुनबाट बचाइएको स्थानिय एवं प्रहरीले पोखराक्लिकलाई बताउनु भयो । ल्केपुल वरिपरिका क्षेत्रका टहरा र घरहरूमा पनि क्षति पुगेको स्थानियले बताउनु भयो । रामबजार वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवप्रसाद कँडेल, सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र कटवाल सहितको टोली रातिदेखि नै उद्धार कार्यमा खटिएको छ । साथै पोखरा–१३ का वडा अध्यक्ष किरण बराल सहितको टोली राति देखि उद्धारमा खटिएको छ ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।