नेप्से परिसूचक १३ अङ्कले बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव २८ अङ्कले उकालो लागेर १ हजार ९ सय ९२ दशमलव ३० मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव १४ अङ्कले उकालो लागेर ३ सय ५५ दशमलव ९७ मा पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये ३ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्यमा भने उकालो लागेको छ ।

विभिन्न कम्पनीका कूल ५९ लाख ८८ हजार सात सय १७ कित्ता शेयर रु २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६० मूल्यमा खरिद बिक्री भएका छन् ।

नेप्सेका अनुसार कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु ९ करोड ७१ लाख ८० हजार २ सय २९ मूल्य बराबरको शेयर कारोबार भयो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।