जापानमा याचियो नेपालले दोस्रो तीज बिशेष कार्यक्रम गर्ने ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

उत्तम पण्डित, जापान । 
नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा याचियो नेपाल जापानले दोस्रो तीज मेला गर्ने भएको छ । २४ अगस्टका दिन कार्यक्रम गर्न लागिएको याचियो नेपालका अध्यक्ष जयलाल पौडेलले जानकारी दिएका दिनुभएको छ ।  उहाँका अनुसार जापानमा रहेका केही चर्चित कलाकारहरु समेत सहभागी रहने छन् । पारिवारिक जमघट तथा नेपालबाट जापान आई बसोबास गर्ने नेपालीहरु सबैका लागी कार्यक्रम राखिएको जानकारी दिएको हो । 
याचियो नेपालका महासचिव दिनेश पुरीले कार्यक्रमले तीजमात्र नभएर नेपाली कला संगीतको संरक्षण तथा प्रबर्धनमा टेवा पुर्याउने विश्वास गरे । यो याचियो नेपालको दोस्रो तीज विशेष कार्यक्रम हो, उनले भने गत बर्षपनि हामीहरुले कार्यक्रम राखेका थियौं । चाडपर्व बिशेष कार्यक्रममा नेपाली गीत संगीत तथा नृत्यहरु, तथा नेपाली परिकार त हुन्छन् नै त्यसमा पनि नेपालको संस्कृतीलाई जापान सम्म प्रचारप्रचार गर्न यस्ता कार्यक्रमले टेवा पुर्याउने भएकाले यो बर्ष पनि कार्यक्रम राखिएको महासचिव पुरीको भनाई थियो । 
२४ अगस्टका दिन हुने कार्यक्रममा सबै नेपाली दिदीबहिनी तथा दाजुभाईहरु सहभागी हुन समेत उनले आग्रह गरेका छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।