उत्तम पण्डित/जापान
जापानको चिवा श्रेत्रमा सामाजिक कार्यमा सक्रिय नेपालीहरुको संस्था याचियो नेपालको प्रथम महाधिवेशन सम्पन्न भएको छ ।
म अधिवेशनले पुन: जय पौडेलको नेतृत्वमा नयाँ समिति चयन गरेको छ।समितिको बरिष्ठ उपाध्यक्ष्मा डिलाराम सापकोटा, उपाध्यक्षमा रितेश सुवेदी, नविन कुँवर, महासचिवमा दिनेश पुरी र सचिवमा हुमाकान्त पराजुली चयन हुनुभएको छ।
त्यसैगरी कोषाध्यक्षमा महेश घिमिरे, सहकोषाध्यमा राज भण्डारी र मिलन पुन चयन हुनुभएको छ। महिला संयोजकमा मनिषा पौडेललाई चयन गरेको नयाँ कार्यसमितिले प्रवत्तामा भने सन्तोष अधिकारीलाई निर्वाचित गरिएको छ। सो अवसरमा बोल्दै प्रमुख अतिथि एनआरएनए जापान चिवामा संयोजक समिर
जंग खड्काले सामाजिक कार्यमा हातेमालो गर्दै अगाडी बड्नु पर्नेमा जोड दिनु भयो।संस्था गठन गर्नु भन्दा पनि नेपालीहरुलाई सहयोग, संस्कृती जगेर्ना र आपसी भाईचाराको विकासमा यस्ता संस्थाले काम गर्नु पर्नेमा जोड दिनुभयो ।
नवनिर्वाचित अध्यक्ष जय पौडेलले अन्य सामाजिक संस्थाहरुसंग सहकार्य गर्दै अफ्ठेरोमा परेका नेपालीहरुलाई सहयोग गर्ने प्रतिबद्धता दिनुभयो ।
आगामी दुई बर्षे कार्यकालमा जापानमा रहने नेपालीहरुको समस्या र सहयोग गर्ने कार्यमा संस्थामा प्रमुख उद्देश्य रहने महासचिव दिनेश पुरीले जोड दिनुभयो । सोही अवसरमा पुरानो कार्यसमिती विधटन, सम्मान र नयाँ कार्यसमिति पदाधिकारीहरुलाई सम्मान पनि गरीएको थियो । गत बर्ष सम्मानित भएको सो संस्थाले नेपाली केन्द्रित बिभिन्न कार्यहरु गर्दै आएको छ । नेपाली समुदायको पहिचान परिचय र परम्परा तथा संस्कृतीलाई जापानी बिचमा लैजादै खेदकुद एवं सांस्कृतीक गर्दै अएको सो संस्थाले अगामी दिनमा पनि सामाजिक कार्यलाई तिब्रता दिने जनाएको छ ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।