प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले गौर हत्याकाण्ड राजनीतिक प्रकृतिको घटनाजस्तो देखिए पनि घेराबन्दीमा पारेर सामूहिक हत्या गर्न नपाइने जनाएको छ । पार्टी महासचिव देव गुरुङले शनिबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्ने क्रममा यस्तो प्रतिक्रिया दिएका हुन् ।
गुरुङले गौर हत्याकाण्डबारे निष्पक्ष, स्वतन्त्र ढंगले न्यायिक छानबिन हुनुपर्ने बताए । केही दिनअघि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले गौर हत्याकाण्डलाई राजनीतिक घटना भनेकोप्रति लक्षित गर्दै राजनीतिक प्रकृतिको घटना जस्तो देखिए पनि कानुनी रुपले घेराबन्दी गरेर सामूहिक हत्या नपाइने बताए ।
‘राजनीतिक प्रकृतिको जस्तो जुन ढंगले राजनीतिक प्रकृतिको जस्तो घटना देखिन्छ । तर कानुनी रुपले कसैको हत्या गर्न घेराबन्दी गरेर सामूहिक हत्या गर्न पाउँदैन । राजनीतिक घटना भएपनि त्यो गर्न पाउँदैन भन्ने नै हो,’ महासचिव गुरुङले भने ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।