शुसासन कायम गर्ने एउटा नयाँ अभियानमा छौः अध्यक्ष प्रचण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीज नेपाली महिलाहरुको सम्मानको पर्व रहेको बताएका छन् । “हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा शुक्रबारदेखि सुरु तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ को उद्घाटन गदै प्रचण्डले सो कुरा बताएका हुन् ।डिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीकोे मुख्य प्रायोजनमा सुरु महोत्सव १५ भदौसम्म संचालन हुने छ । तीज मौलिक पर्व रहेकाले यस्लाई मौलिक पर्वको रुपमा मनाउन आग्रह गदै प्रचण्डले तीज नेपाली महिलाहरुको सम्मानको पर्व रहेको बताएका थिए । पोखराको पुरानो टुँडिखेल समेत आफैमा ऐतिहासिक स्थान रहेको र योे पोखराको लागि गर्भ गर्ने स्थान मध्येको एक रहेको बताएका थिए । फरक प्रंसगमा प्रचण्डले सबै खालका सामाजिक विभेदहरुको अन्त्य गरेर समाजिक न्यायको एउटा नयाँ अभियानमा आफुहरु रहेको बताएका थिए । उनले भने हामी भएका सबै खालका कुशासनको अन्त्य गरेर शुसासन कायम गर्ने एउटा नयाँ अभियानमा पनि छौ । हामी सबै खालका आर्थिक पछ्यौटेपनको अन्त्य गरेर आर्थिक समृद्धिको नयाँ अभियान लिएर अगाडी बढेको पनि छौ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।