गण्डकी । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म २८.५२ किमि सडक कालोपत्र भएको छ । आयोजनाका इन्जिनियर सौजन्य नेपालका अनुसार उक्त खण्डमा अब १०.३६ किमी सडक कालोपत्र हुन बाँकी छ । “तनहुँमा साढे दुई किमि कालोपत्र हुन बाँकी छ, कास्की खण्डमा पनि अहिले धमाधम कालोपत्र भइरहेको छ”, उनले भने, “आगामी वर्षभित्र काम सक्ने लक्ष्य लिइएको छ ।”तनहुँमा २०.८ किमि र कास्कीमा १८.०८ किमि सडक कालोपत्र भइसकेको छ । चार लेन दुवैतर्फ तनहुँमा १०।०८ र कास्कीमा ४.३९ किमि र तनहुँमा दुई लेन (एकतर्फी) ७.९८ किमि र कास्कीमा ६.०७ किमि सडक कालोपत्र भएको इन्जिनियर नेपालले जानकारी दिए । तनहुँमा २.७४ किमि र कास्कीमा ७.६२ किमि गरी कुल १०.३६ किमि सडक कालोपत्र हुन बाँकी रहेको उनले बताए । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले विसं २०७८ देखि उक्त खण्डको काम सुरु गरेको थियो .
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।