छन्त्याल परिवार अष्ट्रे«लियाले तीज मेला गर्ने ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा छन्त्याल परिवार अष्ट्रे«लियाले तीज मेला २०२५ गर्ने भएको छ । २३ अगस्टका दिन अष्ट्रे«लियाको इन्द्रेणी फंसन सेन्टरमा कार्यक्रमको आयोजना गरिएको छन्त्याल परिवार अष्ट्रे«लियाका अध्यक्ष बुद्धिमान छन्त्यालले जानकारी दिएका छन् । उनका अनुसार नेपालबाट चर्चित कलाकार खेम सेन्चुरीको पनि सहभागीता रहने छ भने मोडल तथा डान्सर सरिता दानकुटीको प्रस्तुती पनि उक्त कार्यक्रममा देख्न पाईने छ । अध्यक्ष छन्त्यालका अनुसार पारिवारिक जमघट तथा नेपालबाट अष्ट्रे«लिया आई बसोबास गर्ने नेपालीहरु सबैका लागी कार्यक्रम राखिएको जानकारी दिए । 
छन्त्याल परिवार अष्ट्रे«लियाका महासचिव कुमार छन्त्यालले कार्यक्रमले तीजमात्र नभएर नेपाली कला संगीतको संरक्षण तथा प्रबर्धनमा टेवा पुर्याउने विश्वास गरे । नेपाली गीत संगीत तथा नृत्यहरु त हुन्छन् नै त्यसमा पनि नेपालको संस्कृतीलाई अष्ट्रे«लिया सम्म प्रचारप्रचार गर्नु पनि छन्त्याल परिवारको उदेश्य भएको महासचिव कुमारको भनाई थियो । 
कार्यक्रम संयोजक रहेकी जेनिसा छन्त्याले सबैको सहयोग र सहभागीताले कार्यक्रम सफल हुने भन्दै नेपालबाट अष्ट्रे«लिया आई बसोबास गर्ने सबैलाई २३ अगस्टका दिन चुलै निम्तो रहेको बताईन् । बिदेशी भूमीमा आफ्नो जिम्मेवारी बहन गर्दै गर्दा हामीले आफ्नो देश र त्यहाको संस्कृती भुल्न नहुने भन्दै तीज कार्यक्रममा सहभागी हुने सबैमा आग्रह गरेकी छन् । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।