सुनको मूल्य घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

आज सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर कारोबार सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबारको तुलनामा सुनको मूल्य घटेर कारोबार सुरु भएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ३ सय रुपैयाँ कायम भएको छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ५ सय रुपैयाँ थियो ।

यस्तै, हिजो तोलामा १ लाख १७ हजार ९ सय ५० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य आज भने १ लाख १७ हजार ७ सय ५० रुपैयाँ छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै, आज चाँदीको कारोबार मूल्य तोलामा १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ । हिजो आइतबार चाँदीको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँ थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।