बेरुजुमा पोखरा महानगरपालिका सबैभन्दा अगाडि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । महानरपालिकामध्ये पोखरा बेरुजुमा सबैभन्दा अगाडि देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदनमा मुलुकका ६ महानगरपालिकामध्ये पोखरा सबैभन्दा अगाडि देखिएको हो ।

महालेखाको प्रतिवेदनअनुसार पोखराको सात दशमलव ९८ प्रतिशत अर्थात् ७९ करोड २३ लाख ७५ हजार बेरुजु देखिएको छ ।

यस्तै दोस्रोमा वीरगञ्जको सात दशमलव १४ प्रतिशत अर्थात् ५७ करोड ९४ लाख ८२ हजार, तेस्रोमा काठमाडौंको एक दशमलव ११ प्रतिशत अर्थात् २५ करोड ७० लाख ३४ हजार, चौथोमा विराटनगरको एक दशमलव ०३ प्रतिशत अर्थात् सात करोड ११ लाख ५३ हजार र पाचौँमा ललितपुरको शून्य ४६ अर्थात् चार करोड ५१ लाख बेरुजु छ ।

सबैभन्दा अन्तिममा अर्थात न्यून बेरुजु भरतपुरकोे शून्य दशमलव ०१ प्रतिशत अर्थात पाँच लाख १५ हजारमात्रै छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।