करिब एक महिनादेखिको तयारी थियो । स्थानीयले आवश्यक सामग्रीको जोहो लगभग गरिसकेका थिए । बुधवार साँझ गाउँ भेला बसेर भीरमौरीको मह निकाल्न जाने निर्णय गरे । बिहीबार बिहानै अजिरकोट गाउँपालिका–२, ओलाङबासी ‘हनी हन्टिङ’ भन्दै लागे, बस्तीदेखि पर खस्रे भीरतर्फ काठ र डोरीबाट बनाइएको भर्याङ एउटाले बोके, मह हाल्ने कोर्का (स्थानीय भाषामा बेङ्गे) अर्काेले । मह काढ्ने ‘टाङ्गो’ सहित अन्य सामग्री बोकेर अरु पछि लागे । ८ जनाको उनीहरुको समूहलाई ६५ वर्षीय गंगामान गुरुङ र ६४ वर्षीय इन्द्र गुरुङले नेतृत्व गरेका थिए । केहीबेरको हिँडाइपछि उनीहरु खस्रे भीर पुगे । वनदेवीलाई धुप चढाए । फेदमा काठ स्याउला बटुलेर केही आगो लगाउन थाले । धुवाँको मुस्लो माहुरीको घारसम्म पुग्न थाल्यो । भीरको माथिपट्टीबाट डोरी र भर्याङ कस्न केही व्यस्त भए । त्यही भर्याङको सहारामा गंगामान माहुरीको घार नजिक पुगे र महको शिकार गर्न थाले ।
MOre news :
https://www.onlinekhabar.com/2024/05/1473925
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।