महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा महानगरपालिका भित्र रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 
मानसिक स्वास्थ्य बिना स्वास्थ्य पूर्ण हुँदैन भन्ने नाराका साथ सामुदायिक मनोसामाजिक परामर्शकर्ताको रूपमा महिला स्वास्थ्य स्वयंसेविका विषयक कार्यक्रममा पोखरा महानगरपालिका भित्रका ४२ जना महिला स्वयंसेवीका सहभागी भएका थिए । 
नागरिकको घरदैलोमै पुगेर महिला स्वयंसेविकाहरूले सेवा दिइरहेका छन् । मानसिक रूपमा स्वस्थ रहन सकियो वा समाजलाई बनाउन सकियो भने धेरै रोग निको हुने भन्दै यस्ता कार्यक्रमहरूले महिला स्वास्थ्य स्वयंसेविकाहरूको मनोबल उच्च भएको कार्यक्रममा सहभागीहरूले बताएका थिए । 
आजको कार्यक्रमले भोलीको सुनौलो स्वास्थ्यमैत्री समाज निर्माणमा ठुलो टेवा पुर्‍याउने कास्की सञ्जालकी सचिव संगीता बरालले बताउनु भयो । यस प्रकारको कार्यक्रम हरेक तहमा राखिनु पर्ने उहाँको भनाई थियो । 
कार्यक्रममा बोल्दै सञ्जालकी अध्यक्ष भिमा पौडेलले अब हरेक स्वयंसेवीकाले आफ्नो वडामा मानसिक रोगका कारण आत्महत्या जस्ता घटनाहरू शून्य बनाउन यस कार्यक्रमले मद्दत गर्ने बताउनुभयो । सभ्य वडा निर्माणको लागी मनोसामाजिक परामर्श अति आवश्यक भएकाले एक दिने कार्यक्रम पर्याप्त नभएको बताउँदै उहाँले आगामी दिनमा लामो समयको कार्यक्रम बनाउने प्रतिबद्धता जनाउनु भयो । 
अन्तोज्योती साईकोलोजिकल काउन्सिल सेन्टर तथा विदुषी साईकोलोजिकल सपोर्ट सेन्टरको आयोजना रहेको कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका सञ्जाल कास्कीको समन्वय भूमिका रहेको थियो । कार्यक्रममा हेमजा स्वास्थ्य चौकी प्रमुख कुश्मराज सुबेदीले पनि बोल्नुभएको थियो । उक्त कार्यक्रममा जमुना शर्मा र  गीता बरालले कार्यक्रममा प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो । 
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।