तनहुँ । तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित मर्स्याङ्दी नदीमा बस दुर्घटनामा मृत्यु भएकाको शव परीक्षणका लागि पोखरा लैजाने भएको छ । शुक्रबार भारतीय नम्बर प्लेट–७६२३ को बस मर्स्याङ्दी नदीमा दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएका २७ जनाको शव परीक्षणका लागि पोखरा लैजान लागिएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी गौतमका अनुसार २६ जनालाई आँबुखैरेनीमै मृत घोषणा गरिएको र एकजनाको भरतपुरमा मृत्यु भएको थियो । उनका अनुसार दुर्घटनाको कारण खुलेको छैन ।
यस्तै १६ जनालाई उपचारका लागि काठमाडौँ लगिएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।