अमेरिकाको बाल्टिमोर मेरिल्याण्डमा हिन्दु बौद्ध मन्दिर बनाउन नेपाली सफल युवा व्यवसायी गणेश लामिछानेले २५ हजार अमेरिकी डलर ९ करिब नेपाली ३३ लाख २५ हजार० सहयोग गरेका छन् । एक कार्यक्रमका विच सहयोग रकम हस्तरण गर्दै गणेश लामिछानेले हिन्दू बौद्ध मन्दिर ( नेपाली अमेरिकन कल्चरल सेन्टर अफ बाल्टिमोर, मेरील्याण्डलाई सहयोग गर्ने अवसर पाउँदा कृतज्ञ र धन्य महसुस भएको उनले बताए । समुदायमा शान्ति, सद्भाव र आध्यात्मिक सान्त्वना ल्याउने यस्तो अद्भुत पूजास्थललाई समर्थन गर्न पाउनु साँच्चै एउटा सुअवसर भएकाले यो योगदानले यस पवित्र स्थानको मर्मत र विकासमा मद्दत गरोस्, यसले सान्त्वना र आध्यात्मिक मार्गनिर्देशन खोज्ने सबैका लागि प्रकाश र सकारात्मकताको ज्योति बनोस् भन्ने कामना समेत व्यक्त गरेका छन् । तपाई हाम्रो सानो सहयोगले पनि ठूला कामहरु हुन सक्छ त्यसकारण सबैले सहयोग फैलाउन जरुरी रहेकोले यसको समग्र प्रगतिको लागि सहयोग गर्न समेत उनले आग्रह गरेका छन् ।
एक दशक देखि अमेरिका बस्दै आएका लामिछानेले नेपाली ब्राण्ड तथा उत्पादनहरुलाई अमेरिकाबाट विश्व बजारमा चिनाईरहेका छन । अमेरिकामा पनि सामाजिक क्षेत्रमा उनले धेरै कामहरु गरेका छन । सामाजिक अभियन्ताको रुपमा काम गर्दै, नयाँ(नयाँ व्यवसायिक फर्महरु संचालन गरेर धेरैलाई रोजगारी दिन सफल भई राज्यलाई कर लगायत व्यवसायिक क्षेत्रबाट सहयोग गरेबापत अमेरिकी राष्ट्रपतिबाट समेत उनी सम्मानीत भईसकेका छन् ।
अमेरिकामा उनले प्राईम होलसेल, प्राईम कार्गो, विजनेश ब्रोकर लगायतको व्यवसाय संचालन गरेका छन् भने विजनेश प्रशिक्षकको रुपमा पनि काम गर्दै आएका छन् । नेपालमा उत्पादन भएका सामाग्रहरुको लागि अनलाईन बिजनेश साईट प्राईम ई मार्केट डट कमबाट सेवा सुरु गरेका छन् । नेपाली उत्पादनको बजारीकरणका लागि नेपालमै कार्गो स्थापना गरेर बर्षेनी करोडौंका सामानहरु अमेरिकी बजारमा लगेका छन् । आफ्नो जन्मभूमी भिमसेनथापा २ मा उनले बिध्यालयका लागि आइटि कक्षा स्थापना, धार्मिक तथा साँस्कृतिक संरक्षणका लागि विविध सहयोगहरु पनि गर्दै आएका छन् । उनको लक्ष्य भनेकै नेपाली उत्पादनलाई विश्व बजार चिनाउनु हो। यसका लागि उनी निरन्तर खटिईरहेका छन् ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।