पञ्चकोटमा अनन्तश्री ब्राह्माण्डीय महायज्ञ, तयारी अन्तिम चरणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । यही फागुन ९ देखि २२ गतेसम्म सञ्चालन हुन लागेको महायज्ञका लागि पञ्चकोटलाई सिङ्गार्नुका साथै मालढुङ्गाबाट पञ्चकोटसम्म स्वागत ढोका निर्माण साथै अन्य व्यवस्थापनलाई तीव्रता दिइएको छ ।

पञ्चकोटधाम स्थापनाको १०औँ वार्षिकोत्सवका अवसरमा आयोजना गर्न लागिएको महायज्ञ नेपालमै पहिलोपटक गर्न थालिएको हो । जल, जङ्गल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवर्द्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्न ब्राह्माण्डीय महायज्ञ गर्न लागिएको हो । पञ्चकोटमा विश्वशान्ति कलश निर्माणसँगै धार्मिक संरचना पूरा गर्न महायज्ञ आयोजनाबाट गरिएको हो ।

अहिले थुप्रै योजना पूरा हुन नसक्दा अलपत्र अवस्थामा रहेका र तिनको पूर्णताका लागि लाखौँ भक्तजनलाई महायज्ञमा आमन्त्रण गरी आवश्यक सहयोगका लागि आह्वान गरिएको छ । महायज्ञमा हजारौँ भक्तजन उपस्थित हुने हुँदा उनहरूका लागि आवास, भोजनालय, लिङ्गा गाड्ने, आन्तरिक व्यवस्थापन तयारी पूरा भएको सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का अध्यक्ष दामोदर शास्त्री दाहालले जानकारी दिए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।