पोखराबाट सम्भवतः सबैभन्दा ठूलो परिमाणमा सुनसहित कारोबारी पक्राउ गरिएको छ । पोखराकै पुरानो सुनचाँदी बजारका रुपमा चिनिने मोहरिया टोलमा अवैध सुन ल्याएर गरगहना बनाएर बेच्दै आएका एक भारतीयलाई कास्की प्रहरीले मंगलबार सबेरै पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पश्चिम बंगाल मेदीनीपुर दासपुर–११ घर भएका ४० वर्षीय सुरजित भौमिक रहेका छन्। उनले पोखरा वडा नं. २ मोहरिया टोलस्थित कवीन्द्रप्रसाद श्रेष्ठको ३ तले घर लामो समयदेखि भाडामा लिई गरगहना बनाउँदै आएका थिए ।
कास्की प्रहरी प्रमुख एसपी मोहन थापाका अनुसार सुरजितले उक्त घरमा अवैध सुन ल्याएर सुनका विभिन्न गरगहना बनाएर बेचबिखन तथा कारोबार गर्ने गरेको सूचना आधारमा मंगलबार बिहान करिब साढे ४ बजे नियन्त्रणमा लिइएको हो।
नोट गन्ती, सुनचाँदीको नापतौलका काम पूरा गरी मंगलबार राति पौने ९ बजे पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।