पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा फोटो प्रदर्शनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड र हिमालयन टुरिजम फोरम पोखराको संयुक्त आयोजनामा भोलि हुने तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिताको पूर्वसन्ध्यामा शुक्रबार पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा तस्बिर प्रदर्शनी गरिएको छ ।

 

खेलकुदका माध्यमबाट दुुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन आयोजित प्रतियोगिताका अवसरमा दुई देशमा भएका विभिन्न खेलकुदलगायत गतिविधि समेटिएका तस्बिर प्रदर्शनीमा राखिएको हो ।

प्रदर्शनीको उद्घाटन समारोहमा चीनको युनान प्रान्तिय खेलकुद ब्युरोका निर्देशक याङ झोङहुआले दुई देशबीच युगौँदेखि कायम सम्बन्धलाई अझै बलियो बनाउन क्रस कन्ट्री प्रतियोगिता महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।

उनले प्रतिस्पर्धात्मक खेलकुदको विकासका लागि खेलकुद क्षेत्रका संस्थाको विकासमा जोड दिँदै खेलकुद प्रणाली र अन्य पक्षमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता औँल्याए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।