पोखरास्थित पृथ्वीनारायण क्याम्पस परिसरमा सरस्वती मन्दिर निर्माण हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 पोखरास्थित पृथ्वीनारायण क्याम्पस परिसरमा सरस्वती मन्दिर निर्माण हुने भएको छ । क्याम्पस स्थापना भएको ६४ वर्षपछि बल्ल सरस्वती मन्दिर निर्माण हुने भएको हो ।

मन्दिरको बुधबार सरस्वती पूजाको अवसर पारेर शिलन्यास गरिएको छ । मन्दिर कलात्मक शैलीमा निर्माण हुने बताइएको छ । मन्दिर निर्माण सम्पन्न गर्न ४३ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

मन्दिरको निमार्णका लागि नेपाल बैंकले ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकको प्रधान कार्यालयमार्फत बगर शाखाको समन्वयमा उक्त रकमसमेत शिलन्यास समारोहमा हस्तान्तरण गरिएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।