रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष र सोही पालिकाको वडा नं २ को वडा अध्यक्षमा एमालेले र कांग्रेसबिच सहमतिमा उम्मेदवारी दर्ता गर्ने तयारी भएको छ । नेपाली कांग्रेस रुकुम पूर्वका उपसभापति भीमबहादुर खड्काले एमाले उम्मेदवार केशकुमारी तुलाचनले नेपाली कांग्रेसको चुनाव चिन्ह रुखबाट उम्मेदवारी दिने तयारी गरेको बताए ।
यस्तै वडामा पनि कांग्रेस र एमाले बिच एउटै चिन्हमा उम्मेदवार उठाउने गरी छलफल चलिरहेको उनले रातोपाटीलाई बताए । उनले भने, ‘अझैसम्म उम्मेदवारी दर्ता भएको छैन । हामी यही छलफलमार्फत केही दिनमा टुङ्गोमा पुग्छौ होला ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।