कांग्रेसको राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला मनोनित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले शनिबार सिटौलालाई राष्ट्रियसभा संसदीय दलको नेता चयन गरेका कांग्रेस संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिए । कांग्रेसको यसअघिका राष्ट्रियसभा संसदीय दलका नेता रमेशजंग रायमाझी ६ वर्षको अवधि पूरा गरेपछि बिदा भएपछि उक्त पद रिक्त थियो ।कांग्रेस माओवादी गठबन्धन रहँदा सिटौला राष्ट्रियसभा अध्यक्ष बन्ने गरी चुनावमा सहभागी भएका थिए । तर गठबन्धन टुटेपछि कांग्रेससँग राष्ट्रियसभा अध्यक्ष जित्न बहुमत पुग्दैन ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।