त्रिशूलीमा बस खस्दा ५ जनाको मृत्यु, ३८ जनाको उद्धार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धादिङ गजुरीस्थित गलौदीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।रुपन्देहीबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता नायव उपरीक्षक (डीएसपी) सन्तु जैसवालले जानकारी दिए । सिद्धार्थ यातायातको लु२ख २१२१ नम्बरको बस बिहान ४:४१ बजे सडकबाट करिब १०० मिटर तल त्रिशूलीमा खसेको हो ।बसमा कति जना यात्रु सवार थिए भन्ने खुलिसकेको छैन । दुर्घटनास्थलबाट ३८ जनाको उद्धार गरिएको डीएसपी जैसवालले बताए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।