सरकारले संविधान र कानुनको मिहीन अध्ययन गरी परिपक्व निर्णय लिन र गतिविधि गर्न नसक्दा मुद्दा खेप्नुपरिरहेको छ । प्रधानमन्त्री, नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतलाई विपक्षी बनाई जिल्ला, उच्च तथा सर्वोच्च अदालतमा गरी विभिन्न विषयमा यतिखेर ९० मुद्दा दायर छन् ।
यसरी दर्ता भएकामध्ये दुई वटा मुद्दा २०७५ मा र एउटा २०७९ मा दर्ता भएका छन् भने बाँकी २०८० सालमा दर्ता भएको प्रधानमन्त्री कार्यालयले तयार पारेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदनमा उल्लेख छ ।
सूचना अधिकारी शर्माका अनुसार सेन्ट्रल मिडिया प्रालि, रविन खड्का समेत, रमेश लामिछाने समेत, विष्णुकुमार गिरी, कुमार तामाङ (बोमजन), सूर्य नेपाल प्रालि, मनोज भट्ट, दीपकराज जोशी, मानबहादुर नेपाली, नेपाल लाइफ इन्स्योरेन्स समेत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक समेत, सोही बैंकको अर्को, बोप भण्डारी, अजोज बस्नेत, सूर्य नेपाल प्रालिकै अर्को, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, बाघ भैरव सामुदायिक वन उपभोक्ता समिति समेत, शंकरभक्त श्रेष्ठ समेत, बलराम ठाकुर र मनीष कुमार दासले अदालतमा निवेदन दिएका छन् ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।