नेकपा एमाले गोरखाको ८ औं अधिवेशन सम्पन्न : अध्यक्षतामा सुरेन्द्र थापा बिजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेकपा एमाले गोरखाको ८औं अधिवेशनबाट अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी भएका छन् । थापाले आफ्ना प्रतिस्पर्धी कृण्ण नेपालीलाई ७५ मतान्तरले बिजयी भएको सचिव काजीराम रोक्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार अध्यक्षका अर्का प्रतिस्पर्धी आरसी लामिछानेले भने निर्वाचनका बेला आफ्नो नाम फिर्ता लिएका थिए । ५११ जना मतदाताले मतदान गरेको भएता पनि अधिकाशं मतहरु बदर भएको पनि सचिव रोक्काले बताउनुभयो ।

मतदानबाट ८९ जनाको जिल्ला कार्य समिति चयन भएको छ । जसमध्ये उपाध्यक्षमा कमल दानी र कृण्ण काप्रीलाई पराजित गर्दै मेनबहादुर अधिकारी बिजयी भएका छन् । उनले २७० मत पाउदा दानीले १२१ र काप्रीले ७१ मत पाएका थिए ।

सचिवमा भने पुरानै ब्यत्ति दोहरीएका छन् । अधिल्लो कार्यकालमा समेत सचिव रहेका काजीराम रोक्काले अत्याधिक मत ल्याएर विजयी भएका छन् । उनले ३५३ मत पाएर विजयी भएको नेकपा एमाले गोरखाले जानकारी दिएको छ । उनका प्रतिस्पर्धी उपेन्द्र देवकोटाले भने १०५ मत पाएका थिए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।