पोखरा । अफ्रिकन स्वाइन फिभर गण्डकीमा फेरि फैलिएको छ । अघिल्लो वर्ष केही महिना देखिएर नियन्त्रणमा आएको यो रोग फेरि फैलिन थालेको हो ।
कास्की, तनहुँ, लमजुङ, नवलपुर र गोरखा लगायतका जिल्लामा यो रोग देखिन थालेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा हालसम्म झण्डै १७ हजार बङ्गुर स्वाइन फिभरकै कारण मरेको तथ्याङ्क छ । तर तथ्याङ्कमा उल्लेखित संख्याभन्दा बढी नै मरेको हुन सक्ने अनुमान गरिएको छ ।
२०७९ साउन अन्तिमदेखि हालसम्म १६ हजार ५ सय ४५ बङ्गुर मरेको निर्देशनालयले जनाएको छ । त्यसमध्ये कास्कीमा मात्रै १५ हजार ३ सय ३८ वटा मरेका छन् ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।