दोस्रो चरणको सशक्त आन्दोलन गर्ने रास्वपा केन्द्रीय समितिको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ । शनिवार बसेको पार्टीको  केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको पार्टीका नेता कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।  मुलुकमा व्याप्त सङ्गठित महाभ्रष्टाचार र कुशासनविरुद्ध, सहकारी पीडित, लघुवित्त एवं मिटर ब्याज पीडितका समस्या समाधान, प्रवासमा रहेका नेपाली युवाहरूको मुलुक निर्माणमा सहभागिता र प्रवासका समस्या समाधान एवं संविधान संशोधनसँग सरोकार राख्ने राष्ट्रिय राजनीतिका मूल मुद्दाहरूमा केन्द्रित रही आम नागरिकहरू र राष्ट्रिय हितका शक्तिहरूको सहकार्यमा अब दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय भएको उनको भनाइ छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।