दुनियाँमा विश्व कीर्तिमान राख्ने तौरतरिका आ-आफ्नै हुन्छन् । मानिसहरुले अरुले गर्न नसकेका काम गरेर गिनिज बुकमा नाम लेखाउँछन् । एकजना अमेरिकी पुरुषले ३४ हजार १२८ वटा बर्गर सिध्याएर कीर्तिमान कायम गरेका छन् ।
ती खन्चुवाको नाम डोनाल्ड गोर्स्के हो । ७० वर्षीय डोनाल्डले गत वर्ष सन् २०२३ मा थप ७२८ वटा बर्गर खाए । योसँगै उनले हालसम्ममा खाएका बिग म्याक बर्गरको संख्या ३४ हजार १२८ पुगेको हो । सबैभन्दा बढी बर्गर खाने कीर्तिमान यसअघि पनि निरन्तर उनकै नाममा थियो र पछिल्लो पटक उनले आफ्नै कीर्तिमान भंग गरेका हुन् ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।