दबाबमा खेल्न नेपाललाई सधैं सकस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

घरेलु टोली नेपालले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि नेदरल्याण्ड्सलाई सुम्पिएको छ ।

सुरुवाती दुई खेल गुमाएको नेपाल लगातार दुई जित निकालेर फाइनलमा पुगेको थियो तर क्षमताअनुसार प्रदर्शन गर्न नसक्ने समस्या दोहोरिँदा उपाधि जित्न सकेन ।

त्रिवि क्रिकेट मैदानमा टस जित्ने टिमले पहिला बलिङ रोज्ने गर्छ । तर मंगलबार नेपालले टस जितेर पनि ब्याटिङ रोज्यो । कप्तान रोहित पौडेलका अनुसार विकेट राम्रो थियो र, कम्तीमा २०० रन बनाएर नेदरल्याण्ड्सलाई दबावमा राख्ने रणनीतिका साथ पहिला ब्याटिङ गर्ने सामूहिक निर्णय भयो ।

सुरुवात राम्रै थियो । चौथो ओभरमा गुग्टेनको बलमा ल्याप सट खेल्ने क्रममा कुशल भुर्तेल २० रनमा बोल्ड हुन पुगे, जतिबेला नेपालको स्कोर २३ रन थियो । त्यसपछि रोहित र आसिफ शेखले इनिङ उकास्दा ९ ओभरमा ८२–१ को अवस्थामा पुग्यो । माइकल लेभिटको १० औं ओभरको दोस्रो बलमा स्कुप खेल्न खोज्दा रोहित २५ रनमा विकेटकिपर स्कटबाट समातिन पुगे ।

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।