नेपाल यूएईसँग पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाल यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट क्रिकेटअन्तर्गत यूएईसँग पराजित भएको छ ।

दुबईस्थित द सेभेन स्टेडियममा सम्पन्न खेलमा यूएईले नेपाललाई १३ रनले पराजित गरेको हो ।यूएईले दिएको १२३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १०९ रन बनाएको थियो । नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक ४८ रन बनाएकी थिइन् ।यसअघि पहिला ब्याटिंग गर्दै यूएईले २० ओभरमा ७ विकेट गुमाउँदै १२२ रन बनाएको थियो । नेपालका लागि रिया शर्माले ३ विकेट लिएकी थिइन् । योसँगै यूएईले लगातार तेस्रो जित हासिल गरेको छ । नेपालले भने ३ खेलमा २ जित र एक हार बेहोरेको छ ।अब नेपालले आइतबार थाइल्याण्डसँग र यूएईले कुवेतसँग खेल्ने तालिका रहेको छ ।छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् ।डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।छनोट हुन नेपालले अब बाँकी सबै तीन खेलमा फराकिलो जित हासिल गर्नुपर्नेछ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।