घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनचाँदीको मूल्य घटेर कारोबारमा आएको जनाएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै हिजो मंगलबारको तुलनामा एकै दिन १२ सय रुपैयाँले घटेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ५०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ९५० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार १५० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत घटेको छ । महासंघका अनुसार तोलामा ३० रुपैयाँले घटेर चाँदीको कारोबार भइरहेको छ । यससँगै, आज चाँदीको प्रतितोला मूल्य १३ सय ६५ रुपैयाँ छ । हिजो मंगलबार यसको मूल्य १३ सय ९५ रुपैयाँ थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।