कप्तान रोहित पनि आउट, ४ विकेट गुमाएको नेपाल दबाबमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ईसीसी क्रिकेट विश्वकप लिग २ को आफ्नो पहिलो खेलमा १० ओभर भित्रै ४ विकेट गुमाएको नेपाल दबाबमा परेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ९.३ ओभरमा २५ रन बनाउँदा ४ विकेट गुमाइसकेको छ ।

कप्तान रोहितकुमार पौडेल चौथो विकेटका रुपमा ज्याक ब्रासेलको बलमा बोल्ड भए । इन साइड एज लागेर बोल्ड आउट भएका उनले १० बलमा खाता खोलेका थिए । १३ बल खेलेर आउट भएका रोहितले दोस्रो रन थप्न सकेनन् ।

एक दिवसीय क्रिकेटमा डेब्यू गरेको यू–१९ टिमका खेलाडी ब्रासेलले यसअघि ३.५ ओभरमा ओपनर आसिफ शेखलाई पनि आउट गरेका थिए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।