क्यानाडामा कार दुर्घटना हुँदा २ जना नेपाली विद्यार्थीको मृत्यु, ८ घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

क्यानडाको अन्टारियो प्रान्तस्थित लण्डन सहरमा कार दुर्घटना हुँदा दुईजना नेपाली विद्यार्थीको मृत्यु भएको छ।

लण्डनबाट उत्तर दिशामा रहेको हाइबरी एभ्येनुमा पर्ने माइल्स रोड र इडर्टन रोड क्षेत्रमा मंगलबार साँझ तीनवटा कारहरू दुर्घटनामा परेको अन्टारियो प्रोभिन्सियल पुलिसले जनाएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकका युवक र सोलुखुम्बुकी युवती रहेको खुलेको छ । उनीहरु दुवै जना अविवाहित भएको बुझिएको छ। स्थानीय प्रहरीले गोपनीयताका कारण उनीहरूको नाम भने सार्वजनिक नगरेको बताइएको छ । उनीहरू लण्डनस्थित फेन्सअ अलेजमा अध्ययनरत विद्यार्थी रहेको जनाइएको छ ।

घटनामा ८ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । तीमध्ये दुईजनाको अवस्था सिकिस्त रहेको जनाइएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

नियमति काममा जाँदै गरेका नेपाली विद्यार्थी सवार कार दुर्घटनामा परेको हो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।