मृतक सैनिकका परिवारलाई नेपालमै क्षतिपूर्ति पठाउन रुस तयार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । रुसी सेनामा भर्ती भएर युक्रेनसँगको लडाइँमा ज्यान गुमाएका नेपालीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रुस सरकार तयार भएको छ ।
मस्कोमा रहेको नेपाली दूतावासमार्फत परिवारलाई क्षतिपूर्ति पठाउन रुस सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । रुसी सेनामा भर्ती भएर युद्धमा मारिएको पुष्टि भएका १० जना नेपाली नागरिकका परिवारले अब सरकारी संयन्त्रमार्फत क्षतिपूर्ति पाउने भएका छन् । यसअघि रुसले मृतकका परिवारका एकजना सदस्य क्षतिपूर्तिका लागि मस्को जानुपर्ने भन्दै आएको थियो ।
क्षतिपूर्तिका लागि रुसमा रहेको नेपाली दूतावासले मृतकका परिवारसँग समन्वय गरेर मृतकको पहिचान र सम्बन्ध खुलाउने कागजात पठाउने भएको छ ।
दूतावासले कागज प्रमाणित गरेर क्षतिपूर्ति रकम बुझेपछि त्यो रकम परराष्ट्र मन्त्रालयमा आउनेछ । त्यसपछि जिल्ला प्रशासन कार्यालयमार्फत पीडितका परिवारलाई क्षतिपूर्तिबापतको रकम हस्तान्तरण गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मृतकका परिवारले कति रकम बराबरको क्षतिपूर्ति पाउँछन् भन्ने यकिन भैसकेको छैन ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।