नेपालले टस जितेर नेदरल्याण्डविरुद्ध बलिङ गर्दै, दीपेन्द्र खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत नेपालले टस जितेर नेदरल्याण्डसविरुद्ध फिल्डिङ गर्ने निर्णय गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गर्दै नेदरल्याण्डलाई ब्याटिङको निम्तो दिएका हुन् ।

नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । करण केसी र पवन सरार्फ बाहिर भएका छन् । दीपेन्द्रसिंह ऐरी र देव खनाल टिममा छन् ।

पछिल्लो पटक गत जुनमा जिम्बावेमा सम्पन्न आईसीसी एक दिवसीय विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको थियो । सट बलमा नेपाललाई फसाउँदै डच टोलीले १६७ रनमा अल आउट गरेको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।