रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक नाभाल्नीको जेलभित्रै मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीको जेलभित्रै मृत्यु भएको छ । उनको मृत्यु रूसको सबैभन्दा कठोर मानिने जेल आर्क्टिक सर्कलमा भएको बीबीसीले जनाएको छ ।

विभिन्न अभियोगमा १९ वर्षको जेल सजायँ सुनाइएका नाभाल्नीलाई एक वर्ष अघिमात्र स्थानान्तरण गरेर त्यहाँ ल्याइएको थियो ।

४७ वर्षीय नाभाल्नीको मृत्युको कारण खुलेको छैन । जेल प्रशासनले उनी शुक्रबार अचेत भएको र उपचार गर्दा पनि बचाउन नसकिएको जनाएको छ ।

उनको मृत्युको जानकारी पुटिनलाई दिइसकिएको छ । नाभाल्नीका वकिलले भने यसबारे सञ्चारमाध्यमलाई प्रतिक्रिया दिन नमानेको बीबीसीले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।